Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाव्यस्त सडक खुलाउन किन हुँदैन पहल ?

व्यस्त सडक खुलाउन किन हुँदैन पहल ?


काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक जग्गा र सडक मिचेर बनेका घर धमाधम भत्काउँदै छ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) अवैधानिक संरचना हटाउन आफैँ ठाउँठाउँमा पुगेका छन् ।

काठमाडौँकै छिमेकी मध्यपुर थिमि नगरपालिकाले त्यस्ता संरचना हटाउन सूचना जारी गरेको छ। यी दुई स्थानीय तहको सीमा तर कामपाको क्षेत्राधिकारमा बनेको एउटा संरचनाका कारण छ लेनको सडक नै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्यो खुलाउन जिम्मेवार निकायको ध्यान पनि खासै पुगेको छैन।

महानगरको पछिल्लो कदमले नक्सापास नगरी निर्माण गरिएका अस्पतालदेखि अदालतलगायत भवनको वैधानिकतामाथि प्रश्न उठेको छ तर अनधिकृत संरचना हटाउने अभियानमा कोटेश्वर पुगेको महानगरको टोली त्यसैको केही अगाडि सडकबीचको घरलाई नदेखेजसरी फर्किएको छ।

कामपा–३२, जडीबुटी चोकमा सडकबीचमा रहेको कच्ची घर माइली खत्रीको हो। छ आना एक पैसा जग्गा र त्यसमा बनेको कच्ची घर अहिले बीच सडकमा पर्छ तर पहिले भने त्यो घर सडकको किनारामा नै थियो। सरकारले त्यसको मुआब्जा पनि पहिले दिएको हो तर जग्गाधनी माइली खत्री बसोबास गर्दै आएका कारण घर भत्काएर सडक विस्तार गरिएन। माइलीको मृत्यु भएको पनि चार वर्ष भयो। उहाँकी छोरी राधा खत्री बोहोराले पुस्तैनी जग्गाको हकदाबी गर्दै पुनः क्षतिपूर्ति माग गरेपछि सडक विस्तार अवरुद्ध छ। जसका कारण कोटेश्वर–जडीबुटी सडक प्रयोग गर्ने हजारौँ सवारीसाधन जामको समस्यामा पर्छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #बालेन शाह

तपाईको प्रतिक्रिया दिनुहोस