गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ व्यस्त सडक खुलाउन किन हुँदैन पहल ? व्यस्त सडक खुलाउन किन हुँदैन पहल ? दीप संञ्चार भदौ २२, २०७९ गते ७:५१ मा प्रकाशित काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक जग्गा र सडक मिचेर बनेका घर धमाधम भत्काउँदै छ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) अवैधानिक संरचना हटाउन आफैँ ठाउँठाउँमा पुगेका छन् ।काठमाडौँकै छिमेकी मध्यपुर थिमि नगरपालिकाले त्यस्ता संरचना हटाउन सूचना जारी गरेको छ। यी दुई स्थानीय तहको सीमा तर कामपाको क्षेत्राधिकारमा बनेको एउटा संरचनाका कारण छ लेनको सडक नै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्यो खुलाउन जिम्मेवार निकायको ध्यान पनि खासै पुगेको छैन।महानगरको पछिल्लो कदमले नक्सापास नगरी निर्माण गरिएका अस्पतालदेखि अदालतलगायत भवनको वैधानिकतामाथि प्रश्न उठेको छ तर अनधिकृत संरचना हटाउने अभियानमा कोटेश्वर पुगेको महानगरको टोली त्यसैको केही अगाडि सडकबीचको घरलाई नदेखेजसरी फर्किएको छ।कामपा–३२, जडीबुटी चोकमा सडकबीचमा रहेको कच्ची घर माइली खत्रीको हो। छ आना एक पैसा जग्गा र त्यसमा बनेको कच्ची घर अहिले बीच सडकमा पर्छ तर पहिले भने त्यो घर सडकको किनारामा नै थियो। सरकारले त्यसको मुआब्जा पनि पहिले दिएको हो तर जग्गाधनी माइली खत्री बसोबास गर्दै आएका कारण घर भत्काएर सडक विस्तार गरिएन। माइलीको मृत्यु भएको पनि चार वर्ष भयो। उहाँकी छोरी राधा खत्री बोहोराले पुस्तैनी जग्गाको हकदाबी गर्दै पुनः क्षतिपूर्ति माग गरेपछि सडक विस्तार अवरुद्ध छ। जसका कारण कोटेश्वर–जडीबुटी सडक प्रयोग गर्ने हजारौँ सवारीसाधन जामको समस्यामा पर्छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #बालेन शाह तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप