Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाराष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा भयो

राष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा भयो


आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ।

सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ। सो शीर्षकमा ७ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ। सरकारी शिक्षा सुधार गर्ने योजनासहित सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाएको हो।

चाल आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आवमा थप योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले तत्काल काम गर्ने गरी बजेट व्यवस्था गरिएको र सरकारले सो कार्यक्रमलाई ५ टुक्रा पारेको बताए । कार्यक्रमअन्तर्गत स्मार्ट बोर्ड व्यवस्थापन गर्न २० लाख रुपियाँ उल्लेख छ। यो नेपाल समाचारपत्र दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस