गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै दीप संञ्चार असार २२, २०७९ गते ७:३६ मा प्रकाशित अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ ।अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ ।नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन् ।व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म अमेरिकामा कुल निर्यात १५ अर्ब ९७ करोड सात लाख एक हजार रुपियाँको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६३ करोड ४९ लाख ५३ लाख रुपियाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७७र७८ मा अमेरिकामा कुल निर्यात १३ अर्ब ७९ करोड ३५ लाख ३४ लाख रुपियाँ भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३८ करोड ७१ लाख नौ हजार रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #निर्यात तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न सुनको मूल्य फेरी नयाँ रेकर्ड आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न