गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ महानगरबासीका ‘बाहुबली’ महानगरबासीका ‘बाहुबली’ दीप संञ्चार जेठ १३, २०७९ गते ७:०४ मा प्रकाशित काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।हिन्दी चलचित्र ‘बाहुबली’मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहवलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन् ।कुल खसेको १ लाख ९१ हजार १ सय २५ मतमध्ये ६१ हजार ७६७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। यो समाचार नागरिक दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #बालेन शाह तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप