गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ सत्ता गठबन्धनको ‘चुनावी कमाण्डर’ पौडेल सत्ता गठबन्धनको ‘चुनावी कमाण्डर’ पौडेल दीप संञ्चार चैत्र २३, २०७८ गते ७:५३ मा प्रकाशित काठमाडौँ – सत्तारूढ गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने मोडालिटीबारे सत्ता गठबन्धनबीच छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंगलबार निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति गठन गरेको हो ।स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका ५ दलले यसअघि नै गरिसकेका थिए। चैत १७ गते बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो। त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो। समितिलाई चैत २२ गते प्रतिवेदन बुझाउन भनिएको थियो।सात प्रदेश ७७ जिल्ला र ७५३ वटै पालिकामा गठित संयन्त्रले मंगलबार देशभरको प्रतिवेदन दिएको थियो। स्थानीय संयन्त्रले बुँदागत आधारमै सबै पार्टीको २०७४ को र हालको अवस्थाको विश्लेषण गरेको छ। स्थानीय तहमा विगतको निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाका आधारमा चुनावी रणनीति बनाउने गठबन्धनको तयारी छ। सोही प्रतिवेदनका आधारमा चुनावी गठबन्धनको विषय अगाडि बढेको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #रामचन्द्र पौडेल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप