गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ शेखर पक्षद्वारा आफ्नो गुट जगाउने प्रयास सुरु शेखर पक्षद्वारा आफ्नो गुट जगाउने प्रयास सुरु दीप संञ्चार चैत्र १२, २०७८ गते ७:०६ मा प्रकाशित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे।तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न तयार भएनन् । संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए भने अर्का आकांक्षी तत्कालीन महामन्त्री शशांक कोइराला उनीहरूको कदमबाट असन्तुष्ट बने। पौडेललाई सभापतिमा अघि सारेर १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा जानुपर्ने पक्षमा रहेका शशांक शेखर र सिंह दुवैको पक्षमा खुलेनन्।त्यससँगै कांग्रेसमा रहेको संस्थापन इतरको शक्तिशाली गुट पनि तितरबितर बन्यो। १४औं महाधिवेशनअधिको संस्थापन इतर समूहलाई समेटेर अघि बढ्ने तत्परता शेखरले पनि देखाएनन्। महाधिवेशनपछि पनि भित्रभित्रै आफू निकटहरूको भेला र बैठकलाई निरन्तरता दिएका शेखर, गगन थापासहितका नेताले बाहिर भने आफूलाई भागबन्डाको विपक्षमा प्रस्तुत गर्दै आए। आफ्नो समूहबाट पार्टी उपसभापति र महामन्त्रीमा पराजित नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन नगरेकोमा भने उनीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर उनीहरूको असन्तुष्टिलाई सभापति देउवाले खासै महत्त्व दिएनन् ।सभापति देउवाले बुधबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व तोकेसँगै बसेको शेखर पक्षको भेलाले असन्तुष्टि पोख्यो । त्यो भेला देउवाले आफूहरूलाई पेलेर अघि बढेको भन्दै प्रतिरोधमा उत्रिने निष्कर्षमा पुग्यो। भ्रातृ संगठनका समानान्तर समितिहरू गठन गर्ने भन्दै शेखर पक्षले आफ्नो गुट ुजगाउने प्रयास सुरु गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप