गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ देउवा-दाहाललाई एमसिसीको जवाफ : फागुन १६ भित्र अनुमोदन गर्नुस् देउवा-दाहाललाई एमसिसीको जवाफ : फागुन १६ भित्र अनुमोदन गर्नुस् दीप संञ्चार माघ २४, २०७८ गते ८:३२ मा प्रकाशित काठमाडौँ -मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र लेख्दै आगामी फागुन १६ गतेभित्र नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन गर्न आग्रह गरेको छ।देउवा र दाहालले गत असोज १३ मा सत्ता गठबन्धनका तर्फबाट सम्झौताको म्याद थप गर्न आग्रह गर्दै एमसिसी मुख्यालयलाई लेखेको पत्रको जवाफ दिँदै एमसिसी मुख्यालयले नेताद्वयकै मागअनुसार सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो। फागनु १६ सम्म पनि नेपालका तर्फबाट अनुमोदन नगरेमा एमसिसी बोर्डले आउँदो मार्चमा नेपाल कम्प्याक्टलाई निरन्तरता दिने वा नदिने भन्ने सहितको निर्णय गर्ने पत्रमा उल्लेख गरिएको छ।नेपालले अनुमोदन नगरेको खण्डमा बोर्डले पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्बन्धि सम्झौतालाई रद्द गर्न सक्ने एमसिसीले जनाएको छ। यस्तो निर्णयले नेपालसँगको एमसिसीको साझेदारी अन्त्य हुने जनाइएको छ। पत्रमा सन २०२२ को सुरुमै नेताद्वयले सम्झौता अनुमोदन गर्ने प्रतिवद्धता जनाएको भन्दै त्यसको सराहना गरिएको छ। पत्रमा एमसिसी परियोजना अघि बढ्दा यसले नेपालमा गरिबी निवारण गर्न सहयोग गर्ने तथा कैयौं अवसर सिजर्ना गर्ने उल्लेख गरिएको छ।पत्रमा १४ डिसेम्बर २०२१ मा बसेको एमसिसी बोर्ड अफ डाइरेक्टरको बैठकले नेपाल कम्प्याक्टको अवस्थाको समिक्षा गर्दै नेपालकातर्फबाट चारदेखि पाँच महिनासम्ममा सम्झौता अनुमोदनका लागि गरिएको प्रतिवद्धतालाई नोटिस गरेको उल्लेख छ।पत्रमा देउवा र दाहालले एमसिसीका बारेमा जनचेतना बढाउने, गलत सूचनालाई नियन्त्रण गर्ने भनि जनाएको प्रतिवद्धतालाई पनि जानकारीमा राखिएको जनाइएको छ। एमसिसीले गठबन्धन सरकारलाई संसद्बाट सम्झौता अनुमोदनको काम अघि बढाउन र फागुन १६ भन्दा पछि नलैजान आग्रह समेत गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न