गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ दैनिक २० हजार संक्रमित थपिने चेतावनी दैनिक २० हजार संक्रमित थपिने चेतावनी दीप संञ्चार माघ ५, २०७८ गते ८:५५ मा प्रकाशित काठमाडौँ -कोरोना संक्रमणको जोखिमले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदबारसँगै अन्य सार्वजनिक निकायको सेवा प्रवाह पनि प्रभावित बन्दै गएको छ । मंगलबार नेपालमा सबैभन्दा धेरै संक्रमितको संख्या देखिएको छ ।पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कारोना संक्रमण पुष्टि भएको पाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य प्रशासनिक केन्द्रभित्रको प्रवेशमा गृह मन्त्रालयले कडाइ गरेको छ । सिंहदबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयबाट जारी अस्थायी परिचयपत्र खारेज गरिसकेको छ । यसले गर्दा सिंहदबार सुनसान देखिएको छ । कर्मचारी पनि कोरोना संक्रमित हुन थालेपछि त्यहाँबाट दिँदै आएको सेवा पनि प्रभावित बनेको छ ।सर्वोच्च अदालतले पनि बुधबारदेखि लागू हुने गरी सेवा कटौती गर्ने निर्णय गरिसकेको छ । कार्यालयमा कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि उपत्यकाका स्थानीय तह र त्यसअन्तर्गतका वडा कार्यालयको सेवा प्रवाह पनि प्रभावित बनेको छ ।बढी मानिस भीडभाड हुने मालपोत कार्यालय, नापी कार्यालय, कर कार्यालयमा सेवा प्रवाह व्यवस्थित गर्ने वा अत्यावश्यक सेवामात्र प्रवाह हुने गरी व्यवस्थित गर्नुपर्ने विषयमा छलफल शुरु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न