Techie IT
×
गृहपृष्ठपत्रपत्रिकादैनिक २० हजार संक्रमित थपिने चेतावनी

दैनिक २० हजार संक्रमित थपिने चेतावनी


काठमाडौँ -कोरोना संक्रमणको जोखिमले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदबारसँगै अन्य सार्वजनिक निकायको सेवा प्रवाह पनि प्रभावित बन्दै गएको छ । मंगलबार नेपालमा सबैभन्दा धेरै संक्रमितको संख्या देखिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कारोना संक्रमण पुष्टि भएको पाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य प्रशासनिक केन्द्रभित्रको प्रवेशमा गृह मन्त्रालयले कडाइ गरेको छ । सिंहदबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयबाट जारी अस्थायी परिचयपत्र खारेज गरिसकेको छ । यसले गर्दा सिंहदबार सुनसान देखिएको छ । कर्मचारी पनि कोरोना संक्रमित हुन थालेपछि त्यहाँबाट दिँदै आएको सेवा पनि प्रभावित बनेको छ ।

सर्वोच्च अदालतले पनि बुधबारदेखि लागू हुने गरी सेवा कटौती गर्ने निर्णय गरिसकेको छ । कार्यालयमा कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि उपत्यकाका स्थानीय तह र त्यसअन्तर्गतका वडा कार्यालयको सेवा प्रवाह पनि प्रभावित बनेको छ ।बढी मानिस भीडभाड हुने मालपोत कार्यालय, नापी कार्यालय, कर कार्यालयमा सेवा प्रवाह व्यवस्थित गर्ने वा अत्यावश्यक सेवामात्र प्रवाह हुने गरी व्यवस्थित गर्नुपर्ने विषयमा छलफल शुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस