गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै दीप संञ्चार पुस १६, २०७८ गते ७:०९ मा प्रकाशित काठमाडौँ- छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ । मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले दिल्ली र महाराष्ट्रका अधिकारीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । सुरुमा कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकी मुलुकमा देखिएको सो भाइरस भारतको २१ राज्यमा फैलिसकेको छ ।हालसम्म ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ भने बेलायतमा मात्रै सो भेरियन्टबाट ७ जना र अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप