गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ किन रोज्यो माओवादीले भूल सुधार ? किन रोज्यो माओवादीले भूल सुधार ? दीप संञ्चार पुस १४, २०७८ गते ७:५८ मा प्रकाशित काठमाडौँ -माओवादी अध्यक्ष पुष्पकमल दाहालको चिन्ता र चासो छ– ‘पार्टी कसरी बिग्रियो, अब कसरी उँभो लगाउने ?’झन्डै ३३ वर्ष एकछत्र नेतृत्व गरेका दाहालले पहिलो पटक ‘आत्मालोचना’सहितको राजनीतिक दस्तावेज आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेका छन्। दाहालले आफ्ना कतिपय पूर्ववत् निर्णय प्रक्रियामा आत्मालोचना नै गरेका छन्। ‘सामूहिक’भन्दा आफ्नो मनोगत निर्णयले पार्टीमा काम गरेको निष्कर्ष उनले निकालेका छन्।‘राजनीतिक पार्टीहरू आमरूपमा सिद्धान्तबाट निर्देशित हुनुपर्ने हो,’ नेता राम कार्कीे भन्छन्, ‘कुनै पनि दल सिद्धान्तबाट निर्देशित भएनन्। कम्युनिस्ट पार्टीहरू कांग्रेस र राप्रपाभन्दा भिन्न देखिएनन्।’दाहालले पनि माओवादी र अन्य पार्टीमा खासै भिन्नता देखिन छाडेको स्वीकार गरेका छन्। ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति नेता÷कार्यकर्तामा बढ्दै गएको’ प्रतिवेदनमा उल्लेख छ।‘पार्टीमा आत्मकेन्द्रितवाद बढेका कारण यो अवस्था सिर्जना भएको हो। आफूलाई धुरी चढाउने प्रवृत्ति भयो। सामूहिक स्वार्थभन्दा पनि व्यक्तिगत रूपमा सोचियो’, नेतृ जयपुरी घर्ती मगर भन्छिन्। सामूहिक स्वार्थ र नेतृत्वमा नलैजाने हो भने पार्टीलाई उँभो लगाउन कठिन हुने उनको तर्क छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप