Techie IT
×
गृहपृष्ठपत्रपत्रिकागगन र विश्वप्रकाशको काँधमा कांग्रेस

गगन र विश्वप्रकाशको काँधमा कांग्रेस


काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित बनेका छन् । नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस चल्दै आएको कांग्रेसभित्र महाधिवेशनको परिणामले माथिल्लो नेतृत्व तहमा थापा र शर्मालाई पु(याएको छ ।

२७ मंसिरमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनबाट थापा र शर्मा निर्वाचित बनेका हुन् । दुई महामन्त्रीका लागि महाधिवेशनमा ६ जना उम्मेदवार मैदानमा थिए ।

थापाले ६ उम्मेदवारमध्ये सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर विजयी बनेका हुन् । यस्तै, शर्माले १९ सय ८४ मत ल्याउँदै महामन्त्रीमा विजयी बने ।

यसैगरी, महामन्त्रीका अन्य उम्मेदवार प्रकाशसरण महतले १५ सय ५६, प्रदीप पौडेल १३ सय ९३, डा। मीनेन्द्र रिजालले ८ सय ९ र डा। राजाराम कार्कीले १ सय ६ मत ल्याउँदै पराजित भए । कांग्रेस विधानमा दुई महामन्त्री निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । महाधिवेशनमा ४७ सय ४३ मतदाता रहेकोमा ४६ सय ७९ मत खसेको थियो यो समाचार आजको राजधानी दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस