Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाकांग्रेस महाधिवेशनः सहमहामन्त्रीको आठ पदमा ३३ आकांक्षी

कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको आठ पदमा ३३ आकांक्षी


काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ ।

कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् ।

कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ ।

कांग्रेस विधानमा भएको व्यवस्थाअनुसार अब बन्ने केन्द्रीय समितिमा सहमहामन्त्री आठ जना हुनेछन् । महिला महाधिवेशन प्रतिनिधिमध्येबाट एक, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट एक, दलितबाट एक, मधेसीबाट एक, खसआर्यबाट एक, थारुबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एक जना गरी कांग्रेस केन्द्रीय समितिमा आठ जना सहमहामन्त्रीको व्यवस्था विधानमा छ ।

संविधानले तोकेका यी विभिन्न क्लस्टरअनुसार कांग्रेस सहमहामन्त्रीका लागि अहिलेसम्म ३३ जनाले आकांक्षा देखाएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस