गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ देउवातिर ढल्किए सिटौला देउवातिर ढल्किए सिटौला दीप संञ्चार मंसीर १७, २०७८ गते १०:२४ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्।दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो। सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो।सिटौलाको साथ पाएर नेतृत्वमा पुग्न सहज भएको महसुस गरेका देउवाले निकटतम प्रतिद्वन्द्वी पौडेलसँगै सिटौलालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरे।१३ औं महाधिवेशनबाट कांग्रेसभित्र छुट्टै समूह (तेस्रो धार) को पहिचान बनाएको सिटौला समूह पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनमा देउवासँगै मिलेर अघि बढ्यो।अर्को भ्रातृ संगठन नेपाल तरुण दलको अधिवेशनसम्म पुग्दा देउवासँग सिटौला केही टाढा देखिए पनि उनको लचकता देउवातिरै रह्यो। तर सिटौलालाई साथ र सहयोग गर्दै आएका गगनकुमार थापा,प्रदीप पौडेलसहितका नेताहरू २०७४ सालको आमनिर्वाचनपछि देउवाको विकल्पमा उभिँदै आएका छन्।पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।पार्टीको तल्लो तहका अधिवेशनहरूमा सिटौला पक्षले आफ्नो अनुकूलतामा संस्थापन र इतर समूहसँग तालमेल ग¥यो। तर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनसम्म आइपग्दा सिटौला समूह अधिकांश ठाउँमा संस्थापन पक्षसँग नजिकिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने