Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाप्रधानन्यायाधीश जबराले कामु नदिँदा सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश जबराले कामु नदिँदा सुनुवाइ प्रभावित


काठमाडौँ

सर्वोच्च अदालतमा गोला प्रक्रियाको थालनी भएकै दिन मुद्दाको सुनुवाइ प्रभावित भएको छ। अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कायममुकायम नतोकेपछि सुनुवाइ प्रभावित भएको हो।

बुधबारदेखि राफल प्रणालीबाट गोला तानेर मुद्दाको पेसी तोक्ने काम सुरु भए पनि तोकिएका मुद्दा बेन्च नबसेको, हेर्न नमिल्ने र हेर्न नभ्याइनेमा राखिए। कोरोना संक्रमणका कारण प्रधान्यायाधीश जबरा सोमबार अस्पताल भर्ना भएका छन्। तर उनले औपचारिक रुपमा कायममुकायम प्रधानन्यायाधीश नतोकेको आवाज नेपाल बार एसोसिएसनले उठाएपछि सुनुवाइ प्रभावित भएको हो।

डेढ महिनादेखि नहेरिएका मुद्दामा गोला प्रक्रिया सुरु भएपछि सुनुवाइ हुने भनिएको थियो। बुधबार गोला तानेर १० वटा इजलासमा २१७ वटा मुद्दाका पेसी तोकिएका थिए। तीमध्ये जम्मा ३ वटा मुद्दा हेरिए।
यो समाचार आजको नागरिक दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस