गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ जबराले राजीनामा दिन लागेका हुन् ? ‘सम्मानजनक बहिर्गमन’को अर्थ के हो ? जबराले राजीनामा दिन लागेका हुन् ? ‘सम्मानजनक बहिर्गमन’को अर्थ के हो ? दीप संञ्चार कात्तिक १५, २०७८ गते ९:४६ मा प्रकाशित काठमाडौँप्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच दूरी बढ्दा न्यायपालिकाभित्रको समस्या पेचिलो बन्दै गएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगातार इजलास तोकिरहेका छन्। तर न्यायाधीशहरू उनको राजीनामा माग्दै सोमबारदेखि इजलासमा गएका छैनन्।निकासका लागि दुवै तर्फबाट पहल नहुँदा मुद्दा प्रभावित बन्दै गएका छन्। आइतबारका लागि प्रधानन्यायाधीश जबराले संयुक्त र एकल गरी १२ वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशले आफ्नो एकल इजलासमा दुईवटा मुद्दा तोकेका थिए। तिनै मुद्दामा मात्रै सुनुवाइ भयो।न्यायाधीशहरूले दुवै पक्षबीच सोमबार छलफल गर्ने बताएका छन्। प्रधानन्यायाधीश जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव ल्याएको र छलफल गर्न तीनजना न्यायाधीशलाई जिम्मेवारी दिने निर्णय आइतबार भएको बताइएको छ।आइतबार बसेको न्यायाधीश बैठकले प्रधानन्यायाधीश जबरासँग छलफलका लागि न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई जिम्मेवारी दिएको छ।न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणसम्मका मुद्दा हेर्नेगरी छलफल गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका छन्। ‘छलफलका लागि बाटो नै किन बन्द गर्ने भन्ने निष्कर्षमा पुगेका छौं। साथै सम्मानजनक बहिर्गमनको प्रस्ताव आएकाले केही साथीहरू छलफलमा जाँदैछौं’, बैठकमा सहभागी एक न्यायाधीशले भने, ‘सम्मानजक बहिर्गमनका विषयमा उहाँ ९प्रधानन्यायाधीश० को कुरा पनि सुनौं।’ मुद्दा हेर्ने–नहेर्ने विषयमा निकास दिन बैठकमा छलफल भएको उनले बताए।न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणसमेतका मुद्दा नहेरी राजीनामा मागिएको भन्दै सेवाग्राहीले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। ‘इजलास हेर्ने वातावरण बनाएर बन्दी प्रत्यक्षीकरणसम्मका मुद्दा हेर्ने कि भन्ने छलफल भएको छ। वातावरण बनाएर मुद्दा पनि हेर्छौं’, एक न्यायाधीशले भने। प्रधानन्यायाधीश निकट स्रोतले भने कुनै पनि प्रस्ताव नराखिएको र हल्लामात्र भएको दाबी गरेको छ। यो समाचार नागरिक दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला