Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाबारको अल्टिमेटम नमान्ने मुडमा जबरा

बारको अल्टिमेटम नमान्ने मुडमा जबरा


काठमाडौँ –

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् ।

प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा रहेका छन् ।

नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा नदिने बताए ।

म संवैधानिक प्रक्रियाबाट आएकाले बिदा पनि हुनुपरे संवैधानिक प्रक्रियाबाट हुने कसैले विरोध गरेर आन्दोलनमा उत्रिँदैमा राजीनामा नदिने राणाले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस