Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाछिट्टै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवामाथि दबाब

छिट्टै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवामाथि दबाब


सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन् ।

पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच सोमवार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका छन् ।

निधि निवास बानेश्वरमा भएको ३ नेताहरुको भेटले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिने निष्कर्ष पनि निकालेका छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन निकै ढिला भइसकेको र त्यसले गर्दा विभिन्न आशंका उब्जन थालेको उनीहरुको बुझाइ रहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताएका छन् ।

सरकारले हालसम्म पूर्णता पाउन निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै मन्त्रिपरिषद् अहिलेसम्म पूर्णता नपाउँदा अबको चुनावमा गठबन्धनका योगदान र योग्यतामा प्रश्न उठ्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनीहरुको निष्कर्ष रहेको छ ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन भन्दै गठबन्धनका विभिन्न तहका नेताहरु छलफलमा जुटिरहे पनि अझै सरकारले पूर्णता कहिले पाउँछ भन्ने निश्चित भएको छैन ।

भेटमा अझै ४ जिल्लाको क्रियाशील सदस्यताको विषय टुंगो नलाग्दा पार्टीको महाधिवेशन फेरि प्रभावित हुने त होइन भन्ने उनीहरूले आशंका व्यक्ति गरेका छन् । सदस्यताको विषय तत्काल टुंगो लगाएर महाधिवेशन सुनिश्चित गर्नुपर्ने पनि तीनै जना नेता एकमत देखिएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस