Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाराष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण


काठमाडौँ –

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधेयक पारित भएपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले पारित गरेकी हुन् ।

बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा सरकारले गत ३० भदौदेखि सरकारी कोषको रकम खर्च गर्न पाएको थिएन ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएकाले विनियोजन विधेयक अब ऐन बनेको छ । राजपत्रमा प्रकाशित भएपछि बजेट कार्यान्वयन सुरु हुनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस