Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिअयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा, ७ हजारभन्दा बढी बिशिष्ट पाहुना पुग्दै

अयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा, ७ हजारभन्दा बढी बिशिष्ट पाहुना पुग्दै


अयोध्या । अयोध्यामा भगवान रामको आज अर्थात सोमबार श्रीरामको अभिषेक समारोह हुँदैछ । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै भिभिआईपीहरू सहभागी हुनेछन् । सो मन्दिरका भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ । भगवान रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन् । जसलाई पनि आज मन्दिरमा अभिषेक गरिनेछ ।

गत हप्ता राम मन्दिरको गर्भगृहमा रामको ५१ इन्चको मूर्ति राखिएको थियो । रामका तीन वटा मुर्ति तयार पारियो । जसमध्ये मैसूरका मूर्तिकार अरुण योगीराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो । अन्य दुई मुर्तिको प्रश्नमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘बाँकी दुई मुर्तिलाई पूर्ण सम्मान र सम्मानका साथ मन्दिरमा राख्नेछौं । एउटा मूर्ति हामीसँग राखिनेछ।’

रामललाको पुरानो मूर्तिबारे उनले भने, ‘रामको नयाँ मूर्ति अगाडि राखिनेछ । मूल मूर्ति धेरै महत्त्वपूर्ण छ। यसको उचाइ ५ देखि ६ इन्च मात्रै छ, जसलाई २५ देखि ३० फिटको दूरीबाट देख्न सकिँदैन। त्यसकारण हामीलाई ठूलो मूर्ति चाहिएको हो ।’

आज १२: २० बजेवाट अभिषेक हुदैँछ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मस्थल अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा श्रीरामको प्राण प्रतिष्ठा समारोहको लागि तयार छन्। पुस शुक्ल द्वादशीको अभिजित मुहूर्तमा दिउँसो १२: २० बजे अभिषेक कार्यक्रम हुनेछ ।

सो समारोहका लागि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले अभिषेक समारोहमा तीन हजार भिभिआईपीसहित सात हजारलाई आमन्त्रण गरेको छ ।


क्याटेगोरी : धर्म संस्कृति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार