Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिहेर्नुहोस तपाईको आजको राशिफल

हेर्नुहोस तपाईको आजको राशिफल


मेष : समय राम्रो छ । तपाईंको रोजाइमा रहेका सबै क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन जाने देखिन्छ । आज के माग्ने भन्दा के दिएर सेवा गर्ने भन्ने सोच राख्नु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

वृष : दिन सामान्य छ । हरेक क्षेत्रमा अप्ठेरो परिस्थिति छ । शिक्षाका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा विरोधका स्वर सुनिए पनि परिवारको साथ मिल्नेछ ।

मिथुन : समय राम्रो छ । लगानी गरेका हरेक क्षेत्रमा फाइदा हुनेछ । विद्या, बुद्धि र व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दैनिकी सामान्य छ । झुटो आरोप लाग्न सक्छ । झुक्याउने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु आवश्यक छ । परिवारमा विश्वासको खडेरी लाग्नेछ । प्रेम सम्बन्ध असफल हुनसक्छ ।

सिंह : दिन राम्रो छ । श्रमको सबैले प्रशंसा गर्नेछन् । दिन रमाइलो बन्नेछ । हरेक क्षेत्र सबल भए पनि परिवारको विश्वास गुम्नसक्ने खतरा देखिन्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

कन्या : दिन राम्रो छ । फरक प्रस्तुति आवश्यक देखिन्छ । सत्य कुरा बोल्न नसक्दा अरुले फाइदा लिनेछन् । परिवारको सहयोग हुने भएकाले दिन रमाइलो बन्नेछ ।

तुला : दैनिकी राम्रो छ । लगानीबाट राम्रो प्रतिफल मिल्ने योग रहेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा हौसला मिल्नेछ । पुराना साथीसँगको भेटले दिन रमाइलो बन्नेछ ।

वृश्चिक : दैनिकी सामान्य छ । झुटा आरोप सुन्नुपर्ने योग रहेको छ । आफूभन्दा ठूलाको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन सामान्य राम्रो छ । बसाइँसराइको पीडा भोग्नुपर्ने देखिन्छ । शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारमा खटपट हुने देखिन्छ ।

मकर : दैनिकी सामान्य राम्रो छ । वादविवाद हुनेछ । आरोप लाग्नसक्छ । गणेशको स्मरण गरेमा मात्र काम सफल हुनेछ । परिवामा समस्या हुनसक्छ ।

कुम्भ : दिन सामान्य छ । तनावमा समय जानेछ । तपाईंको राशिलाई शनिदेवको छाया रहेको छ । हनुमानको चिन्तन गर्नाले धेरै समस्या टरेर जानेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । हरेक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ । मन प्रशन्न हुनेछ । वैदेशिक क्षेत्रमा ठगी हुने भएकाले सचेत बन्नुपर्छ । परिवारको साथ र सहयोग राम्रो छ ।


क्याटेगोरी : धर्म संस्कृति
ट्याग : #राशिफल

तपाईको प्रतिक्रिया दिनुहोस