Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिकोसी प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कोसी प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना


जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

 

वायुको प्रभावका कारण हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

 

विभागका अनुसार आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 


क्याटेगोरी : धर्म संस्कृति
ट्याग : #breaking, #मौसम

तपाईको प्रतिक्रिया दिनुहोस