Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिमहाष्टमीमा महाकालीका लागि किन दिइन्छ पशु बलि ?

महाष्टमीमा महाकालीका लागि किन दिइन्छ पशु बलि ?


आज बडादसैँको आठौँ दिन, अर्थात् महाअष्टमी । यस दिन महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ ।

महाअष्टमीका दिन दसैँ घर तथा जमरा कोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्ने प्रचलन छ । यसलाई कतिपय ठाउँमा दुर्गा थापेको पनि भनिन्छ ।

यस दिन कलपुर्जा, हातहतियार र सवारी साधनको समेत बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेले पनि जमरा कोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

आज देशभरका विभिन्न शक्तिपीठहरुमा बली चढाउने र पूजाआराधना गर्नेहरूको घुइँचो लाग्छ । दसैँघर, कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजा अर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा पनि छ ।

प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नास गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन चलिआएको देवी भागवतमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : धर्म संस्कृति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस