Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिमहाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ?

महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ?


महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।

रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।

तर एक सवाल उठ्ने गरेको छ कि यदी हजारौं वीर योद्धाहरुको मृत्यु भएको थियो भने उनीहको शवको अंतिम संस्कार कसरी भएको थियो ?

श्रीरामले रामसेतु को निर्माण गराएका थिए । यसको तथ्य साक्षीको रुपमा वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाएका छन् । तर महाभारत को त्यो भीषण युद्ध साचिनै लडिएको थियो भन्ने यसको कुनै प्रमाण आजसम्म हासिल भएको छैन ।

केही तथ्य

कुरुक्षेत्रको युद्ध मा मारिएका सैनिकंर योद्धाहरुको शव या अस्थियां यसकारण हासिल भएन किनकी आजकलको जस्तो मारिएका दुश्मनको शवमाथि दुव्र्यवहार गरिन्छ पहिलो यस्तो हुँदैन थियो ।

महाभारत को युद्ध दिन सकिएसँगै रोकिने गरेको थियो । र, जो जो युद्धमा मारिएका थिए उनीहरुको शवलाई अन्तिम संस्कार गरिने गरिएको थियो या परिवारलाई जिम्मा लगाइन्थ्यो ।

अमल नंदन, जसले कुरुक्षेत्र को पौराणिक इतिहास बारे विस्तृत अध्ययन गरेका छन् उनी भन्छन्, ‘उत्तरायणको त्यो दिन जब भीष्म पितामाहले आफ्नो अन्तिम सास लिएको थियो । त्यस दिन युद्ध समाप्त भएसँगै कुरुक्षेत्र को भूमिलाई जलाइएको थियो । यस्तो यसकारण गरिएको थियो कि हरेक मृत योद्धाले स्वर्गमा स्थान बनाउन सकुन् ।’

महाभारतका युद्धमा धेरै कुरा भएका थिए जसलाई विश्वास गर्न कठिन छ । शायद यही कारण आज पनि धेर्र मानिस कल्पनाको परिणाम रुपमा लिन्छन् ।साभार


क्याटेगोरी : धर्म संस्कृति
ट्याग : #महाभारत युद्ध

तपाईको प्रतिक्रिया दिनुहोस