Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिबुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर

बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर


काठमाडौँ –

हिन्दु धर्म ग्रन्थमा एउटा चर्चित नाम हो युधिष्ठिर । प्राचीन महाकाव्य महाभारतमा उल्लेख भएअनुसार, युधिष्ठिर पाँच पाण्डवहरुका पनि दाजु थिए । उनलाई धर्मराज वा यमराजका पुत्र भनेर समेत चिन्ने गरिन्छ । पिता पाण्डु र माता कुन्तीका ज्येष्ठ पुत्र युधिष्ठिर भाला चलाउन माहिर मानिन्थे । उनलाई कुनै पनि कुरा झुट नबोल्ने भएको कारण सत्यवादी भनेर पनि चिन्ने गरिन्छ ।

उनले महाभारत यु’द्धको अन्तिम दिन आफ्ना मामा कौरवको तर्फबाट यु’द्ध लडेका शल्यको वध गरेका थिए । यहाँ हामीले उनै युधिष्ठिका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

–सबै खान चाहन्छन् तर खेती गर्न कोहि चाहदैनन् – पानी सबै चाहन्छन् तर पानी बचाउन कोहि चाहदैनन् – शितल सबैले चाहन्छन् तर रुख रोप्न कोहि चाहदैनन् – बुहारी सबै चाहन्छन् तर छोरी जन्माउन कोहि चाहदैनन् ।

– मर्नु सबैले पर्दछ, यो शाश्वत सत्य हो तर पनि कोहि मर्न चाहदैनन् – आफू भित्रको अथाह स्रोत चिने हो भने खुसी किन्नु पर्दैन, खुसी माग्नु पर्दैन र खुसी चोरी गर्नु पर्दैन – दूध खान सबै चाहन्छन् तर गाई पाल्न कोहि चाहदैनन् ।


क्याटेगोरी : धर्म संस्कृति


तपाईको प्रतिक्रिया दिनुहोस