Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिमहाभारतमा युद्दमा १८ अंकको यस्तो आश्चर्यजनक संयोग

महाभारतमा युद्दमा १८ अंकको यस्तो आश्चर्यजनक संयोग


काठमाडौँ 

महाभारत भारत वर्षको महत्त्वपूर्ण ग्रन्थ हो । महाभारतमा सयौं पात्र, स्थान, घटना तथा विचित्रताको वर्णन छ । महाभारतमा कयौं घटना, सम्बन्ध तथा ज्ञान विज्ञानको रहस्य रहेको छ । महाभारतको हरेक पात्र जिवन्त छन् । चाहे कौरव, पाण्डव, कर्ण तथा कृष्ण हुन् या धृष्टधुम्न, शल्य, शिखण्डी तथा कृपाचार्य किन नहुन् ।

महाभारतको कथा कौरव र पाण्डबबीचको युद्धसँगै सकिँदैन । वास्तवमा महाभारतको कथा त युद्धपछि शुरु हुन्छ । आजसम्म अश्वत्थामा किन जीवित छन् रु यदुवंशको नाशको श्राप किन दिइयो तथा धर्म किन कलियुगको बाटोमा हिड्यो रु यी प्रश्नहरु अनुत्तरित छन् । महाभारतमा केही यस्ता विषयहरु पनि छन् जसबारे तपाई जानकार हुनुहुन्न होला ।

महाभारतमा १८ अंकको महत्व

महाभारत युद्धमा १८ अंकको निकै महत्व छ । महाभारतको पुस्तकमा १८ अध्याय छन् । कृष्णले कुल १८ दिन अर्जुनलाई ज्ञान दिएका थिए । कौरब र पाण्डबीच १८ दिन युद्ध चलेको थियो । गीतामा पनि १८ अध्याय छ । कौरव तथा पाण्डवको सेनापनि कुल १८ अक्षोहिनी सेना थिए जसमा कौरबको ११ तथा पाण्डवको ७ अक्षोहिनी सेना थिए ।

यस युद्धका प्रमुख सूत्रधार पनि १८ थिए । यो युद्धमा १८ योद्धा नै बाच्न सफल भएका थिए ।

अब प्रश्न यो उठ्छ कि महाभारतमा १८ को संख्याको के महत्व छ रु के यो संयोग हो कि यसमा कुनै रहस्य छ रु

ब्रम्हास्त्र कि परमाणु बम र?

भारतमा कही स्थानमा भेटिएको कंकालमा रेडिएशनको असर फेला पारिएको थियो । महाभारतमा सैप्तक पर्वको अध्याय १३ देखि १५ सम्म ब्रम्हास्त्रको परिणाम बताइएको छ ।

हिन्दू इतिहासका अनुसार ५५६१ इसाइपूर्वमा छोडिएको ब्रम्हास्त्र परमाणु बम थियो । महाभारतमा ब्रम्हास्त्र छोडिएपछि भयंकर वायु चल्ने र धेरै मानिसको मृत्यु हुने तथा धर्ती नै काप्ने गरेको उल्लेख गरिएको छ ।

युद्धमा धेरै टाढादेखिका सेनाको पनि उपस्थिति रहेको बर्णन जसलाई युरोप तथा अफ्रिका क्षेत्रको तत्कालिन राज्यका सेनाको महाभारतमा संलग्नता रहेको र यसलाई पहिलो विश्वयुद्ध मान्नुपर्ने केहीको तर्क रहेको छ ।

 


क्याटेगोरी : धर्म संस्कृति


तपाईको प्रतिक्रिया दिनुहोस