Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिको थिए भगवान शिवका माता पिता ?

को थिए भगवान शिवका माता पिता ?


काठमाडौँ –

भगवान शिवलाई महादेव, भोलेनाथ, शंकर, महेश, आशुतोष, रुद्र, निलकण्ठ आदि नामबाट पुकार्ने गरिन्छ । साथै तन्त्र तथा साधनामा शिवलाई भैरवको नामबाट चिन्ने गरिन्छ । भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् ।

तर के तपाईलाई भगवान शिवका मातापिता को थिए भन्ने कुरा थाहा छ रु छैन भने आज हामी तपाईलाई यसबारेमा जानकारी दिनेछौँ । श्रीमद देवी महापुराणका अनुसार भगवान शिवका पिताको विषयलाई लिएर एक कथा छ ।

देवी महापुराणका अनुसार एक पटक जब नारदजीले आफ्ना पिता व्रह्मासँग श्रृष्टिको निर्माण कसले गर्यो भन्ने प्रश्न राखेका थिए । साथै उनले त्रीदेवलाई कसले जन्मायो भन्ने प्रश्न पनि सोधेका थिए ।

त्यहि बेला व्रह्माले देवी दुर्गा र शिवस्वरुपको योगबाट त्रिदेवको उत्पत्ति भएको वर्णन सुनाएका थिए । यसको मतलवबाट सहजै भन्न सकिन्छ कि, दुर्गा तथा काल सदाशिवस्वरुप नै त्रिदेवका मातापिता हुन् । एजेन्सीको सहयोगमा 


क्याटेगोरी : धर्म संस्कृति


तपाईको प्रतिक्रिया दिनुहोस