Techie IT
×
गृहपृष्ठधर्म संस्कृतिविहान सूर्यलाई पानी किन चढाउने ? जानीराखौँ

विहान सूर्यलाई पानी किन चढाउने ? जानीराखौँ


काठमाडौँ

हाम्रो संस्कृति तथा सनातन धर्ममा सूर्यलाई भगवानको दर्जा दिइएको छ । ग्रह विज्ञानको हिसावले सूर्यलाई सबैभन्दा श्रेष्ठ ग्रह मानिएको छ । सूर्य उजाको स्रोत हो र अन्य ग्रह यसको परिक्रमा गर्दछन् । उनीहरु सूर्यबाट उज्यालो प्राप्त गर्दछन् । सनातन धर्मले पनि यसको महत्वलाई प्रष्टसँग दर्शाएको पाइन्छ । सबैभन्दा श्रेष्ठ मान्दै सूर्य देवको पूजा गर्ने बताएको छ ।

सूर्यलाई जल अर्पण गर्नुको पछाडि धार्मिक सँगै अन्य बैज्ञानिक तथ्यपनि छन्ः

जो व्यक्तिको कुण्डलीमा सूर्य कमजोर हुन्छ या जसमा आत्मविश्वासको कमी हुन्छ या जो निराशावादी हुन्छ र जसलाई घर परिवारमा मान सम्मानको अभिलाषा हुन्छ उनीहरुले सूर्यलाई जल चढाउनु महत्वपूर्ण हुनेछ ।

सूर्यको किरणमा सात रंगको समावेश भएको हुन्छ । जसले हामीलाई स्पष्ट देख्नमा मद्यतकारी हुन्छ । सूर्यको उज्यालोले हामीलाई रंगको पहिचान गर्न सक्षम बनाउँछ ।

कुनैपनि व्यक्ति सूर्यलाई जल चढाउँछ, सूर्यबाट निस्किने किरणले उसलाई स्वास्थ्य लाभ दिलाउँछ । विहानको किरणले शरीरमा रंगको असन्तुलनलाई ठिक गराउँछ । यसले शारीरिक प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गराउँछ ।

धार्मिक दृष्टिकोणले सूर्य देवलाई आत्माको कारक मानिएको छ । प्रातः समयमा सूर्य देवको दर्शन गर्दा प्रेरणा प्राप्त हुने गर्दछ । यसले शरीरमा स्फूर्ति ल्याउने र सकारात्मक भावको प्रवेश गराउँदछ । यसले नकारात्मक उर्जा नष्ट गराउँछ ।

सूर्यलाई जल चढाउनको लागि विहान सूर्योदय भन्दा पहिले उठेर स्नान गरी तामाको लोटाबाट सूर्यलाई जल अर्पित गर्ने विद्यान छ । धातु र सूर्यको किरणको असरले सकारात्मक उर्जा प्राप्त हुने गर्दछ । जल चढाउँदा सूर्य मन्त्र ‘ऊँ सूर्याय नमः लाई जप गर्नुहोस् ।


क्याटेगोरी : धर्म संस्कृति


तपाईको प्रतिक्रिया दिनुहोस