Techie IT
×
गृहपृष्ठअपराध५३ तोला चाँदीसहित २ जना पक्राउ

५३ तोला चाँदीसहित २ जना पक्राउ


‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका-५ बस्ने ३५ वर्षीय गुजराज बिक र ईटहरी नगरपालिका-३ बस्ने २४ वर्षीय बद्री बिक रहेका छन् ।

 

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२.०२७ प १८५१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा फर्जी विल भएको उक्त गरगहनासहित फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

 

उनीहरूको साथबाट चाँदीको लकेट २२ थान, औंठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार