Techie IT
×
गृहपृष्ठअपराधबोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तहरू १५ वर्षपछि पक्राउ

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तहरू १५ वर्षपछि पक्राउ


काठमाडौं । बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका २ जना अभियुक्त वारदात घटना पश्चात १५ वर्ष पछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रे रोशि गाउँपालिका-३ ठेगाना भएका ४४ वर्षीय टंक बहादुर मगर र सोही ठाउँ बस्ने ४२ वर्षीय सन्त बहादुर मगर रहेका छन् ।

काभ्रे रोशि गाउँपालिका(३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुर मगर र सन्त बहादुर मगरले २०६५ असोज २९ गते बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पुस २४ गते पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।


क्याटेगोरी : अपराध
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार