गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु दीप संञ्चार माघ १५, २०८० गते १३:५९ मा प्रकाशित काठमाडौं- अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको बताएका हुन् ।राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका बारेमा अझै पनि सत्य तथ्य संकलन गरिरहेको बताएका छन् ।यद्यपि उनले सिरिया र इराकमा सक्रिय इरान समर्थित लडाकु समूहलाई यस आक्रमणको लागि जिम्मेवार भएको दावी गरेका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले एक छुट्टै विज्ञप्ति जारी गर्दै एकतर्फी ड्रोनबाट गरिएको आक्रमणमा घाइते सैनिकको सङ्ख्या २५ पुगेको पुष्टि गरेको छ ।यस क्षेत्रमा इरान समर्थित लडाकूहरूविरुद्ध अमेरिकी प्रतिशोधात्मक आक्रमणहरू अहिलेसम्म उनीहरूलाई रोक्न असफल भएका छन् जसले गर्दा पहिलो पटक आक्रमणमा अमेरिकी सैनिकहरूको मृत्यु भएको छ ।यसैबीच, इरानले जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ