Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारएकअर्कामाथि मिसाइल आक्रमण भएपछि पाकिस्तान पुगे इरानी विदेशमन्त्री

एकअर्कामाथि मिसाइल आक्रमण भएपछि पाकिस्तान पुगे इरानी विदेशमन्त्री


एजेन्सी – इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियान पाकिस्तान पुगेका छन् । उनी पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीको निमन्त्रणामा इस्लामावाद पुगेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री अब्दुल्लाहियानले पाकिस्तानी विदेशमन्त्री जिलानीसँग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री अनवारुल हक कक्कडसँग भेटवार्ता गर्ने छन् ।

इरानका विदेशमन्त्रीको यो भ्रमण यस्तो समयमा भएको हो जब दुवै देशले केहि साताअघि एकअर्काको सीमामा प्रवेश गरी मिसाइल हमला गरेका थिए ।

यसै महिना इरानले पाकिस्तानको बलुचिस्तान क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा दुई बालबालिकाको मृत्यु र तीन जना घाइते भएका थिए । इरानले सुन्नी चरमपन्थी समूह जैश अल(अदलका दुईवटा अखडालाई निशाना बनाएको बताएको छ।

यसपछि पाकिस्तानले पनि इरानमा मिसाइल प्रहार गरेको थियो । पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान प्रान्तको पञ्जगुर क्षेत्रमा यस्तै हमला गरेको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस