Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना

अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना


एजेन्सी । अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ ।

बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमान कस्तो थियो र कुन यात्रु सवार थिए भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको बताइएको छ ।

तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमान कहाँबाट थियो, कता जाँदै थियो र यसमा सवार को–को थिए भन्नेबारे अहिलेसम्म कुनै पुष्टि भएको छैन ।

यसअघि अफगान सञ्चारमाध्यमले उक्त विमान भारतीय भएको दाबी गरेका थिए । उक्त विमान दिल्लीबाट मस्कोको उडानमा रहेको बताइएको थियो तर भारत सरकारले उक्त विमान भारतीय नभएको स्पष्ट पारेको छ ।

विमान दुर्घटना भएको ठाउँ चीन, ताजिकिस्तान र पाकिस्तानको सिमानामा पर्छ। यद्यपी विमान कहाँ खसेको हो भन्ने यकिन हुन सकेको छैन ।

बदख्सान प्रान्तको सूचना विभागका प्रमुख जबिउल्लाह अमिरीले समाचार एजेन्सी एएफपीलाई विमान खसेको पुष्टि गरे तर उनले विमान कहाँ खसेको बताएनन्। खोजीका लागि टोली पठाइएको उनले बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस