गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना दीप संञ्चार माघ ७, २०८० गते २१:५७ मा प्रकाशित एजेन्सी । अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ ।बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमान कस्तो थियो र कुन यात्रु सवार थिए भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको बताइएको छ ।तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।विमान कहाँबाट थियो, कता जाँदै थियो र यसमा सवार को–को थिए भन्नेबारे अहिलेसम्म कुनै पुष्टि भएको छैन ।यसअघि अफगान सञ्चारमाध्यमले उक्त विमान भारतीय भएको दाबी गरेका थिए । उक्त विमान दिल्लीबाट मस्कोको उडानमा रहेको बताइएको थियो तर भारत सरकारले उक्त विमान भारतीय नभएको स्पष्ट पारेको छ ।विमान दुर्घटना भएको ठाउँ चीन, ताजिकिस्तान र पाकिस्तानको सिमानामा पर्छ। यद्यपी विमान कहाँ खसेको हो भन्ने यकिन हुन सकेको छैन ।बदख्सान प्रान्तको सूचना विभागका प्रमुख जबिउल्लाह अमिरीले समाचार एजेन्सी एएफपीलाई विमान खसेको पुष्टि गरे तर उनले विमान कहाँ खसेको बताएनन्। खोजीका लागि टोली पठाइएको उनले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप