Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारभारतको गुजरातमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु

भारतको गुजरातमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु


काठमाडौं – भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ । डुङ्गा डुब्दा छ जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

डुङ्गामा २७ जना सवार रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गगरेका छन् ।

उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस