Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि

इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि


गाजा- गत अक्टोबर ७ देखि भएको इजरायल–हमास युद्धका कारण गाजामा मात्रै करिब २४ हजार प्यालेस्टिनी मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा २३ हजार ७०८ जना प्यालेस्टाइनी मारिएका छन् ।

आक्रमणमा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार करिब ७ हजार मानिस भग्नावशेषमुनि हराइरहेका छन् । यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

यस्तै, विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टिनीको मृत्यु भएको छ भने २४८ जना घाइते भएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस