Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइजरायली हमलामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो

इजरायली हमलामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो


गाजा । इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् । गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजा विरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, घाइतेको संख्या ५७ हजार ९१० पुगेको छ ।

यसैबीच इजरायली सेनाले शुक्रबार ‘मानवीय कारणका लागि’ भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल–सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने जनाएको छ । सिन्ह्वा


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस