Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारनरसंहारको आरोपमा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा याचिका दायर

नरसंहारको आरोपमा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा याचिका दायर


एजेन्सी । दक्षिण अफ्रिकाले इजरायलले गाजामा ‘नरसंहार’ गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत ‘आईसीजे’ मा मुद्दा दायर गरेको छ।

आईसीजेले ‘जेनोसाइड कन्भेन्सनु अन्तर्गत इजरायलको दायित्वको कथित उल्लङ्घनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको छ। तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको छ।

इजरायलको विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको यो आरोपलाई इजरायलले अस्वीकार गरेको जनाएको छ ।

नेदरल्याण्डको द हेगमा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो। यसले विभिन्न देशहरू बीचको विवादहरू समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दाहरूमा सल्लाह दिन्छ।

आईसीजेमा अपील दायर गरेपछि दक्षिण अफ्रिकाले एक विज्ञप्तिमा भन्यो कि आफ्नो देश नरसंहार हुनबाट रोक्न बाध्य छ।

विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण अफ्रिका गाजा पट्टीमा इजरायलको आक्रमण र त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती हटाइएका कारण नागरिकहरूको दुर्दशाबाट गहिरो चिन्तित छ।’

‘यसबाहेक, त्यहाँ मानवता विरुद्धको अपराध र युद्ध अपराध जस्ता अन्तर्राष्ट्रिय अपराधहरूका साथै नरसंहार वा यस्तै अपराधहरूको रिपोर्टहरू छन्,’ विज्ञप्तिमा भनिएको छ।

आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता सुनुवाइ गर्न भनेको छ।

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले दक्षिण अफ्रिकाको दाबीलाई ‘अदालतको घृणित र अपमानजनक शोषण’ भएको बताएका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस