गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्समा रोकिएको ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति फ्रान्समा रोकिएको ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति दीप संञ्चार पुस ९, २०८० गते १२:५१ मा प्रकाशित एजेन्सी । संयुक्त अरब इमिरेट्सबाट निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको विमान शुक्रबार फ्रान्समा अवतरण गरिएको थियो ।मिडिया रिपोर्टका अनुसार यो विमानलाई तीन दिनपछि फ्रान्स छोड्ने अनुमति दिइएको छ। अब यो विमान सोमबार उड्न सक्नेछ । उक्त विमान मानव बेचबिखनका लागि प्रयोग भएको आशंका गरिएको थियो । यही कारणले रोकिएको हो ।लोकप्रिय फ्रान्सेली समाचार च्यानल बिएफएम टिभीका अनुसार रोमानियाको लेजेन्ड एयरलाइन्सले सञ्चालित यो विमानलाई देश छोड्न अनुमति दिएपछि फ्रान्सेली न्यायपालिकाले प्रक्रियामा त्रुटि भएको भन्दै सुनुवाइ रद्द गर्ने निर्णय गरेको हो।तर, लेजेन्ड एयरलाइन्सले मानव बेचबिखनमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । फ्रान्समा मानव बेचबिखनमा संलग्न भए २० वर्ष जेल सजायको व्यवस्था छ ।समाचार एजेन्सी पीटीआईका अनुसार चार फ्रान्सेली न्यायाधीशले आइतवार ‘मानव तस्करी’ को आशंकामा पक्राउ परेका यात्रुहरूलाई सोधपुछ गरेका थिए। पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भाट्री एयरपोर्टमा सोधपुछ भएको थियो।यो विमान सोमबार बिहान फेरि उडान भर्ने अपेक्षा गरिएको छ। यद्यपि यो कहाँ जान्छ अझै थाहा छैन। यो भारत, निकारागुआ, दुबई जहाँ पनि जान सकिने बताइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला