Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारपाकिस्तानमा अज्ञात आक्रमणकारीले गोली चलाउँदा ६ मजदुरको मृत्यु

पाकिस्तानमा अज्ञात आक्रमणकारीले गोली चलाउँदा ६ मजदुरको मृत्यु


एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार अज्ञात आक्रमणकारीले ६ जना मजदुरको गोली हानी हत्या गरेको छ ।

समाचार एजेन्सी पीटीआका अनुसार ती सबै कामदारहरू दक्षिण वजिरिस्तान जिल्लाको एक प्रहरी चौकीको निर्माण कार्यमा संलग्न थिए। ती मजदुरलाई निकै नजिकबाट गोली प्रहार गरिएको बताइएको छ ।

यस महिनाको १२ तारिखमा खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो।

उक्त हमलाको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो। अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस