Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारचीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते


सांघाई । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

स्थानीय समयअनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोइला खानीमा भएको राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सीसीटीभीले जनाएको छ ।

आधिकारिक तथ्यांकअनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस