Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन

कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन


कुवेत। कुवेतका अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । कुवेतको दरबारी मामिला हेर्ने मन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबाहले विज्ञप्ति जारी गर्दै अमिरको निधन भएको जानकारी दिएका हुन् ।

‘ठूलो दुख र निराशाका साथ हामी – कुवेती जनता, अरब र इस्लामिक राष्ट्रहरु र मित्रहरु – प्रभुको शरणमा पुग्नुभएका स्व। अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहप्रति शोक व्यक्त गर्दछौँ ।’ मन्त्री शेख मोहम्मद अल सबाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुवेती अधिकारीहरुले अमिरको निधनको कारणबारे केही खुलाएका छैनन् । अब उनका सौतेनी भाइ शेख मेशाल अल अहमद अल अबार अल सबाह नयाँ अमिर बन्ने कुवेतका उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद् मामिलाका राज्यमन्त्री इसा अल कन्दारीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

यसअघि सन् २०२० मा सौतेनी दाजु शेख सबाह अल अहमद अल जबार अल सबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएपछि शेख नवाफ कुवेतका नयाँ अमिर बनेका थिए ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस