Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु


बग्दाद । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ को मृत्यु र १८ जना घाइते भएका छन् ।

 

सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, “सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो । ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँचतले भवनमा फैलियो ।”

 

प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस