Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक

इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक


गाजा । गाजामाथि इजरायलले गरेको आक्रमणमा मारिनेको संख्या १६ हजार नजिक पुगेको छ ।

इजरायली आक्रमणबाट अहिलेसम्म गाजामा मारिनेको संख्या १५ हजार ९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए रहेको स्वास्थ्यमन्त्री माई अल काइलाले बताए ।

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि बिरामीहरूलाई नछाड्ने र उपचारमा दिनरात खटिने बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस