गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियो उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियो दीप संञ्चार मंसीर १३, २०८० गते १४:५९ मा प्रकाशित एजेन्सी । उडानका क्रममा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार दिल्ली डाइभर्ट गर्नुपरेको थियो । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान-श्रीमतीलाई यो फ्लाइटबाट हटाइयो ।समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको थियो ।यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०।३० बजे भएको थियो ।विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए ।समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ ।उडानकै क्रममा दुवैबीच झगडा भयो, त्यसपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरे । पाइलटहरूले एटीसीलाई ‘स्थिति र अनियन्त्रित यात्रु’ बारे जानकारी दिए।एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराए र उनको हस्तक्षेप मागे। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताइन् । बीबीसीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप