Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइजरायल पछि अमेरिकी राष्ट्रपतिले जोर्डनका राजासँग भेटघाट गर्ने

इजरायल पछि अमेरिकी राष्ट्रपतिले जोर्डनका राजासँग भेटघाट गर्ने


इजरायल भ्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले जोर्डनका राजा अब्दुल्लाहसँग पनि भेटघाट गर्ने भएका छन्र ।

सो क्रममा इजिप्टका राष्ट्रपति र प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बाससँग भेटघाट गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले जानकारी दिएका छन् ।

बाइडेनले ‘हमास प्यालेस्टिनी जनताको मर्यादा र आत्मनिर्णयको अधिकारको पक्षमा उभिने छैन भन्ने कुरा दोहोर्‍याउने छन् र गाजाका सबै नागरिकहरूको मानवीय आवश्यकताहरूबारे फेरि छलफल गर्नेछन्’, किर्बीले भने।

उता, बिदेश मन्त्री ब्लिन्केनले गत हप्तामा इजरायली र अरब नेताहरूलाई भेटेर क्षेत्रको वरिपरि यात्रा गरिरहेका छन । स्पष्ट रूपमा इजरायललाई समर्थन गर्ने अमेरिकी सार्वजनिक घोषणाहरूको बावजुद द्वन्द्वको समाधान खोज्ने प्रयासमा पछिल्लो समयमा अमेरिकनहरू लागिरहेको देखिन्छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस