Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइजरायलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन

इजरायलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन


चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ ।

 

चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकमाथि गरिएको सामूहिक कारबाही इजरायली सरकारले बन्द गर्नुपर्ने बताएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।

 

इजरायलले गाजामा हमास लडाकुमाथि जमिनबाट आक्रमण गर्ने तयारी गरेका बेला विदेशमन्त्री यीले शनिबार साउदी अरेबियाका आफ्ना समकक्षी राजकुमार फैजल बिन फरहानलाई फोन गरेर उक्त टिप्पणी गरेका हुन् ।

 

“इजरायलको कदम आत्मरक्षाको दायराभन्दा बाहिर गएको छ,” यीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ ।” यीको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको मध्येकै कडा हो ।

 

उत्तरी गाजामा रहेका १० लाखभन्दा बढी सर्वसाधारणलाई अपेक्षित आक्रमण हुनुभन्दा अगाडि नै भाग्न आदेश दिइएको छ । सर्वसाधारणको बाध्यकारी बहिर्गमनले मानवीय संकट निम्तने भन्दै सहायताकर्मीले चिन्ता व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस