गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ लिबियामा तटबन्ध भत्किदा ५२ सय बढीको मृत्यु, १० हजार बढी बेपत्ता लिबियामा तटबन्ध भत्किदा ५२ सय बढीको मृत्यु, १० हजार बढी बेपत्ता दीप संञ्चार भदौ २७, २०८० गते ११:४८ मा प्रकाशित लिबियामा आएको बाढीले धेरै सहरमा क्षति पु¥याएको छ । बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् ।सो बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या धेरै हुन सक्छ। यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ । हालसम्म देशभर ५,२०० भन्दा बढीको मृत्यु हुने आशंका गरिएको छ।भीषण बाढीका कारण उद्धार टोलीले शव फेला पार्न सकेको छैन । लिबियाको पूर्वी सरकारका स्वास्थ्य मन्त्री ओस्मान अब्दुल जलीलले अवस्था नाजुक रहेको बताए। डेरना घटनास्थल पुगेका उस्मान अब्दुल जलीलले सहरका विभिन्न अस्पताल शवले भरिएको बताए । धेरै शव अझै डेरनामा भग्नावशेषमा छन् वा समुद्रमा बगेका छन् ।डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिस मारिएको अधिकारीहरूले अनुमान गरेका छन्। रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १०,००० मानिस बेपत्ता भएको बताए।प्रधानमन्त्री ओसामा हमादले दुई बाँध भत्किँदा धेरै बेपत्ता भएका र धेरैजसो बाँच्ने सम्भावना कम रहेको बताएका छन्।लिबिया सरकारका अनुसार क्षति भएका अन्य सहरहरूमा सुसा, मार्ज र शाहत पर्छन्। हजारौं परिवार विस्थापित भएका थिए र बेनगाजी सहर र पूर्वी लिबियाको अन्य ठाउँमा स्कूल र अन्य सरकारी भवनहरूमा शरण लिएका थिए।देर्ना सहरको मध्यभागमा रहेको पहाडबाट बग्ने वादी–डेरना नदीको तटबन्ध भत्किएपछि सबै आवासीय बस्ती ध्वस्त भएका छन् । कुनै समय खोलाबाट टाढैबाट अग्लो रहेका बहुतले भवन आंशिक रूपमा माटोमा पुरिएका छन । यहाँ जताततै शव छरिएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी