Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारमोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो


उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भूकम्पबाट हजारौं संरचनाहरु ध्वस्त भएका छन् ।

भग्नावशेषमा च्यापिएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । भुकम्पमा परी घाइते भएकाहरु मध्ये एकहजार ४०४ जनाकोको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भूकम्पबाट माराकेश शहरका अधिकांश घरहरु ढल्नुका साथै दुर्गम पहाडी क्षेत्रका गाउँहरु मैदानमा परिणत भएका छन् । मोरोक्कोका राजा मोहमद छैठौंले पीडितहरुको खोजी तथा उद्धार र सहायताका लागि अपील गर्नुभएको छ । मृतकहरुको शोकमा राष्ट्रिय झण्डा तीन दिन झुकाइने भएको छ ।

मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो। यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला ६३० जनाको मृत्यु भएको थियो।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस