Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारमणीपुरमा फेरी फैलियो हिंसा, २ जनाको मृत्यु

मणीपुरमा फेरी फैलियो हिंसा, २ जनाको मृत्यु


मणिपुरमा केही महिनादेखि कुकी र मेइती समुदायबीच तनावको वातावरण रहेको छ ।

यस उत्तर पूर्वी राज्यको तेङ्गनौपाल जिल्लाको पल्लेल क्षेत्रमा बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ भने सेनाका मेजरसहित करिब ५० जना घाइते भएका छन्।

अधिकारीका अनुसार दुई अज्ञात समूहबीच बिहान ६ बजेबाट सुरु भएको गोली हानाहान निरन्तर जारी रह्यो । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ । जबकि अर्का एक घाइतेलाई गम्भीर अवस्थामा इम्फालको रिम्समा भर्ना गरिएको छ।

गोलाबारीको खबर फैलिएसँगै थौबल र काक्चिङका विभिन्न ठाउँका मानिसहरू पल्लेलमा पुगे पनि तनावपूर्ण वातावरण देखेर उनीहरूलाई असम राइफल्सका अधिकारीहरूले रोकेका थिए।

दुई अज्ञात समूहको गोली हानाहानमा ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भीडलाई रोक्ने प्रयासमा असम राइफल्सले अश्रु ग्यास प्रहार गरेपछि सेनाका मेजरसहित ५० जना घाइते भएका थिए।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस