Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइक्वेडरमा राष्ट्रपति उम्मेदवार रहेका पत्रकारको गोली हानी हत्या

इक्वेडरमा राष्ट्रपति उम्मेदवार रहेका पत्रकारको गोली हानी हत्या


इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।

केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो ।

समाचार अनुसार उनले क्विटो शहरमा एक चुनावी र्‍यालीको आयोजना गरेका थिए, सोही र्‍यालीमा एक संदिग्ध ब्यक्तिले उनी माथी गोली हानी हत्या गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन् । ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #हत्या

तपाईको प्रतिक्रिया दिनुहोस