Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारपाकिस्तान रेल दुर्घटना : ३० जनाको मृत्यु, दर्जनौँ घाइते

पाकिस्तान रेल दुर्घटना : ३० जनाको मृत्यु, दर्जनौँ घाइते


पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रीवाहक रेल दुर्घटना हुँदा मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रीको उद्धारकार्य जारी रहेको जानकारी दिए । उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह सहर कराँची पुर्‍याइएको बताए ।

कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको १६ देखि १७ डिब्बा रहेको हजारा एक्सप्रेस रेल नहरको पुल पार गर्ने क्रममा लिकबाट तल खसेको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु, #रेल दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस